Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

च्यासुण्डोल युवा क्लवको सक्रियतामा वृक्षारोपण कार्यक्रम सम्पन्न


  • शनिबार, असार २० २०७७

  • च्यासुण्डोल युवा क्लवको सक्रियतामा वृक्षारोपण कार्यक्रम सम्पन्न

    काठमाडौं – काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ मा रहेको च्यासुण्डोल युवा क्लबको आयोजनमा आज च्यासुण्डोलमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरसको त्रासविचमा सबै सुरक्षा अपनाएर क्लबले बृक्षारोपण कार्याक्रम गरेको हो ।


    बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नविन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्थानिय समाजसेवी श्याम केसी, बुढानिलकण्ठ प्रहरी प्रभागका प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरी, हेपाली हाइट प्रहरी चौकीका प्रमुख सुर्वण प्याकुरेल, सञ्चारकर्मी मनोज थापा अथितिका रुपमा रहेका थिए ।


    कार्यक्रममा बोल्दै वडा अध्यक्ष नविन केसीले वडाको विकासको लागि स्थानिय युवाहरुसंग सहकार्य गर्दैअघि बढ्ने प्रतिवद्धता जनाए । साथै वृक्षारोपण गरिएको सार्वजनिक जग्गाको संरक्षणको लागि वडाले आवश्यक बजेट छुट्याउने जानकारी दिए । स्थानिय बृद्धबृद्धाको लागि चौतारोमा आवश्यक संरचना बनाउने बताए ।


    उक्त कार्यक्रममा समाजसेवी श्याम केसी, प्रहरी निरिक्षक गिरी, क्लबका अध्यक्ष विकास खत्री, क्लवका वातावरण विभागका प्रमुख श्रीकृष्ण थापा लगायतले आफ्नो मन्तब्य राखेका थिए ।
    क्लबका पदाधिकारी, समाजसेवी, स्थानिय युवा लगायतको सहभागीतामा वृक्षारोपण गरिएको छ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij