Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकारको पेशागत अधिकारका पक्षमा उभिए ९ संगठन


  • आइतबार, असार १४ २०७७

  • पत्रकारको पेशागत अधिकारका पक्षमा उभिए ९ संगठन

    काठमाडौ – संचार सम्बद्ध ९ वटा संस्थाले कोभिड संक्रमणका नाममा पत्रकारलाई निष्काशन गर्ने, वेतलवी विदामा राख्ने, काम गर्ने वातावरण नदिने जस्ता कार्यको विरोध जनाएका छन । आज संयुक्त विज्ञाती जारी गर्दै संगठनहरुले नेपाल पत्रकार महासंघले अघि बढाउने आन्दोलन र दवाव कार्यक्रममा लाई सकारात्मक लिएको जनाउँदै थप कार्यक्रमको लागी आग्रह गरेका छन । ९ संगठनका संयुक्त विज्ञप्ती यस्तो छ –

    संयुक्त प्रेस–विज्ञप्ति
    मिति : ०७७/०३/१४
    कोभिड–१९ (कोरोना भाइरस)को कारण देखाउँदै विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकार÷सञ्चारकर्मीहरुलाई पेशाबाटै निष्काशन गर्ने, बेतलवी विदा बस्न दवाव दिने, राजिनामा दिन बाध्य पार्नेलगायतका कार्यप्रति हामीहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
    पछिल्लो समयमा श्रमजीवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले अल्टिमेटमसहित सञ्चार गृहहरुमा पत्रचार गर्ने तथा सरोकारवाला संगठनहरुसँग बृहत छलफल गरी दवावमुलक कार्यक्रममार्फत् श्रमजीवीको पेशागत सुरक्षाका लागि गरिरहेको पहललाई सकारात्मक रुपमा लिएका छौं । र, महासंघकै नेतृत्वमा थप दबाबमूलक कार्यक्रमको घोषणा गरी श्रमजीवी पत्रकार साथीहरुको पेशागत सुरक्षाको सुनिश्चिताका लागि ठोस पहल गर्न सहयोग पुग्ने ठहर गरी हामीले यो संयुक्त विज्ञप्ति जारी गरेका छौं । विभिन्न बहानामा निष्काशन, राजिनामाको दवाव र काम गरेको पुरा तलव नदिने मिडिया व्यवस्थापकहरुको रवैया हामीलाई कुनै हालतमा स्वीकार्य छैन ।
    अतः दर्जनभन्दा बढी मिडिया हाउसमा श्रमजीवीका गम्भीर समस्या देखिएकाले मिडिया सञ्चालकहरुले श्रमजीवी पत्रकार ऐन विपरीतका कदमहरु तत्काल बन्द गरी सहजतापूर्वक श्रमजीवीहरुलाई काम गर्ने वातावरण निर्माण गर्न हामी जोडदार माग गर्दछौं । र, नेपाल सरकार सञ्चार मन्त्रालयलगायत सबै सम्बन्धित निकायहरुलाई कानुनसम्मत ढंगले समस्याको समाधानका लागि पहल गर्न हार्दिक आग्रह समेत गर्दछौं ।
    साथै, महामारीका कारण बन्द हुन पुगेका स्वरोजगारमुखी तथा साना मिडिया र रोजगारी गुमाउन पुगेका पीडित श्रमजीवी पत्रकारहरुको लागि ‘विशेष आवधिक राहत प्याकेज’को व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गर्दछौं ।
    अन्यथा श्रमजीवीको श्रमको उचित सम्मान र पेशागत सुरक्षाका लागि सशक्त आन्दोलनमार्फत दवाव दिन हामी बाध्य हुनेछौं । त्यसबाट सिर्जित परिस्थितिको जिम्मेबार स्वयं मिडिया मालिकहरु र सरोकारवाला निकाय नै हुने पनि यसै विज्ञप्तिमार्फत् स्पष्ट पार्न चाहन्छौं ।
    हस्ताक्षरकर्ताहरु
    महेश्वर दाहाल, अध्यक्ष प्रेस संगठन, नेपतल । बद्री सिंग्देल अध्यक्ष, प्रेस युनियन नेपाल । इन्द्र रावत अध्यक्ष, क्रान्तिकारी पत्रकार महासंघ, उदय जिएम अध्यक्ष, प्रगतिशील पत्रकार संघ । जन्मदेव जैसी, उपाध्यक्ष, क्रान्तिकारी पत्रकार संगठन, नेपाल । केशवराज अर्याल, अध्यक्ष प्रेस नेपाल । सिर्जना तिमिल्सिना, सचिव जनपत्रकार संगठन, नेपाल
    मोहन सिंह, अध्यक्ष, मधेशी पत्रकार समाज । दामोदरप्रसाद दवाडी अध्यक्ष, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाज ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij