सुर्खेत – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।
प्रतिष्ठानमा मंगलबार राति गरिएको पीसीआर परीक्षणमा चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ ।
निर्देशक रावलका अनुसार संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरु क्वारेन्टाइन र आइसोलेसनमा बसेका नागरिकको रेखदेखमा खटिएका थिए । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बुधबार प्रतिष्ठानमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र अन्य कर्मचारीको पीसीआर परीक्षण गरिने भएको छ ।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि प्रतिष्ठानले अर्को सूचना जारी नभएसम्म आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको जनाएको छ । प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै पोजेटिभ सबैको अवस्था सामान्य भएको जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
