काठमाडौ – कोरोना संक्रमण बढ्न थाले पछि सरकारले लगाएको लकडाउन अहिले पनि पूर्ण रुपमा खुलेको छैन । एक जिल्लाबाट अर्को जिल्लाको आवागमनमा बन्देज छ । सार्वजानिक यातायात बन्द छ । निजीमा पनि जोर विजोर प्रणाली लागू गरिएको छ । विद्यालय र मनोरन्जनात्मक क्षेत्र बन्द छ ।
तर काठमाडौ भित्रने नाकाबाट दैनिक हजारौ मानिस निर्वाध आउजाउ गरिरहेका छन । शुक्रवार त काठमाडौ भित्रनेहरुको भिडले मुख्य नाका नागढुङ्गामा जाम नै लाग्यो । साँगा र दक्षिणकालीवाट पनि दैनिक सैयौंको संख्यामा राजधानी भित्रिरहेका छन । अहिलेकै हिसावले आउजाउ भइरहने हो भने काठमाडौ उपत्यका संक्रमणको अकल्पनिय चपेटामा पर्ने खतरा देखिन्छ ।
विना परिक्षण निर्वाध पस्न दिएकाले पनि जोखिम वढेको छ । अहिले पनि काठमाडौं उपत्यकामा दैनिक दुई चार जना संक्रमित थपिइरहेका छन । काठमाडौं उपत्यका जस्तो घना बस्ती भएको ठाउँमा संक्रमण समुदाय स्तरमा फैलियो भने स्थीति नियन्त्रण वाहिर जान सक्दछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
