बन्द र रद्द भएका कलेजका सर्टिफीकेट विध्यार्थीलाई भिडाउदै गिरोह
शुरेसराज शर्मा
अस्ट्रेलियामा नेपालीहरुले नक्कली लाइसेन्सको कारण कयैन अप्ठ्यारा समस्या भोगिरहनुपर्दा यतिखेर बिध्यार्थीहरुलाई प्रलोभनमा पारी सर्टिफीकेट थ्री र फोर जस्ता नर्सिङका अवैधानिक सर्टिफीकेटहरुको बिगबिगी बजारमा देखापरेका छन ।
अस्ट्रेलियामा सजिलो काम र राम्रो दामका रुपमा चिनिएको नर्सिङमा सहायक नर्सहरुको जागिर खान सर्टिफीकेट थ्री र सर्टिफीकेट फोर जस्ता प्रमाणपत्रहरु आवश्यक पर्छन ।
यसरी यस्ता सर्टिफीकेटहरु बिगतमा भने सबैले सहजरुपमा थोरै समयको पढाइ र अनुभवमै पाइने गरेता पनि पछिल्लो समय स्वास्थ सेवाको महत्वका कारण यसमा कडाइ गरिदै आएको छ ।
यसरी अहिले बिध्यार्थीका लागि जागिरका लागि निकै महत्वपुर्ण बनेको सर्टिफीकेट थ्री नर्सिङमा निकै कडाइ गरिएको छ । डिपेन्डेन्ड र पीआरका लागि केहि खुकुलो निती अपनाइएतापनि बिध्यार्थीका लागि भने यो अहिले क्राइ कोर्सको रुपमा लिइएको छ ,जसमा बिध्यार्थीले १२ सय घन्टाको पढाइ र एक सय बिस घन्टाको प्राक्टीकल गर्नै पर्ने हुन्छ । तर अहिले सिड्नीका केहि शैक्षिक ब्यापारीहरुले बन्द भएको कलेज र सरकारले खारेजी गरेका कलेजहरुको नाममा पुरानो मितीमा धमाधम यस्ता सर्टिफीकेटहरु जारी गरेर बिध्यार्थीहरुलाई ठगि गरिरहेको समाचार प्राप्त भएको छ । अस्ट्रेलिया बिश्वासको जगमा उभिएको भुमि भएकोले सो सर्टिफीकेटहरु पनि जागिरका लागि चल्ने भएकोले पनि बिध्यार्थीहरु यस्तो प्रलोभनमा फसेका हुन ।
केहि नर्सिङ कलेजहरुले यसै कोर्सका लागि दश हजार डलर लिएर एक बर्ष लगाएर समेत बिध्यार्थीलाई पढाइरहेको सन्दर्भमा केहि क्याम्सी र रकडेलतिरका कोठे कलेजहरुले बिध्यार्थीहरुलाई पन्ध्र सय डलरसम्म लिएर एक डेढ हप्तामै धमाधम यस्ता सर्टिफीकेट प्रदान गर्दै आएको प्रमाण राष्ट्रपुकारले प्राप्त गरेको छ । यति मात्र होइन , सोझा साझा बिध्यार्थीहरु पैसासँंगै कामको प्रलोभनमा समेत त्यस्ता गिरोहको प्रलोभनमा फस्ने गरेका छन ।
यसरी चेक जाँंच र दुर्घटना नपर्दा सम्म यस्ता प्रमाणपत्रहरुल काम देलान जुन दिन शंका अनि छानबिनको दायरा भित्र यस्ता नक्कली सर्टिफीकेट परे भने बिध्यार्थीको पढाइ र बसाइमा समेत असर पर्न सक्ने देखिन्छ । यसो पाइएमा बिध्यार्थीलाई हदैसम्मको कारबाही समेत हुन सक्नदछ ।
पुरानो मितीमा प्रमाणपत्रहरु छाप्ने र बिध्यार्थीलाई बन्द र रद्द भएका कलेजहरुको नाममा सटिफीर्केट उपलब्ध गराउने बंगालीहरुको ठुलो गिरोहसँंग केहि बदमाशी नेपालीहरु समेत मिलेर निर्वाध चलाइरहेको सम्वन्धित सुत्रले प्रमाणसहित उपलब्ध गराएको छ । अस्ट्रेलियन शैक्षिक निकाय आस्क्वाको निगरानी बढीरहेको बेला यस्ता सर्टिफीकेटको धन्दा चलाउनेहरु चाडैनै फन्दामा पर्ने एक पीडित बिध्यार्थीले बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
