काठमाडौ – थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले महोत्तरीका ५२ र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या २७८ पुगेको छ । हालसम्म नेपालमा कोरोनाभाइरस २६ जिल्लामा देखिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
