Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मुनलाइटको सहयोग कोरोना प्रभावित बिध्यार्थीलाई


  • शुक्रबार, बैशाख १९ २०७७

  • मुनलाइटको सहयोग कोरोना प्रभावित बिध्यार्थीलाई

    अस्ट्रेलियामा उच्च अध्यनका लागि आएका बिध्यार्थी र उनिहरुको बढदो समस्यालाई मध्यनजर गरेर कोरोनाको मारमा परेकाहरुको लागि सहयोगी हातहरु बिस्तारै बढदै गएका छन । पछिल्लो पटक भिक्टोरिया सरकारले कोरोना प्रभावित अन्तराष्ट्रिय बिध्यार्थीलाई ११ सय डलरसम्म राहत दिने घोषणाअघि तास्मानियाले दुइ सय डलर र परिबार भएकाहरुलाई एक हजार डलरसम्मको सहयोगको घोषणा गरेको थियो ।
    न्यु साउथवेल्स राज्य सरकारले अन्तराष्ट्रिय बिध्यार्थीका हितका खातिर कुनै योजना सार्वजनिक गर्न नसकेपनि स्थानिय बिश्वबिद्यालय तथा कलेजहरुले भने कोभिड १९ प्रभावितका लागि केहि न केहि राहतका संकेत देखाएका छन ।

    यस्तै सहयोगको सवालमा नेपाली समुदायहरुपनि एक कदम अगाडि बढेर अगाडि देखापरेको छ । जसमा बिभिन्न संघ संस्था तथा निजी ब्यबशायहरुले बिध्यार्थीको हितमा कार्य अगाडि बढाएका छन । एक्सपर्ट एजुकेशन, एका, क्राउन उच्च शिक्षा लगायतले बिध्यार्थीका हितमा राम्रै सहयोगको घोषणा समेत गरेका छन । यसै सन्दर्भमा निजी क्षेत्रका मझौला तथा साना ब्यवशायीहरु पनि आफुले सक्ने सहयोगको पोको लिएर अगाडि देखापरेका छन ।
    शुक्रबार मुन लाइटस ग्रुप्स नामक ग्रोसरी पसलले ग्रानभिलमा एनआरएन मार्फत बिध्यार्थीलाई राहत बाड्न चामल, दाल, तेल,नुन र आलु भुजिया सहयोग गरेको छ । मुन लाइट्स ग्रुपका ग्रोसरी अर्टामन र ग्रानभिलमा रहेका छन । यसका प्रोपाइटरहरु भेषराज भ्टराइ , तोयराज भट्टराइ र प्रकाश भट्टराइले दुइ सय किलो चामल, एक सय किलो दाल, एक सय लिटर खाने तेल, एक सय किलो नुन र एक सय प्याकेट आलु भुजिया एनआरएनलाई प्रदान गरेको छ । हामीले जे सक्यौ त्यही दिएर सहयोग गर्ने निर्णय गरयौ, सबैले आआफ्नो गच्छे अनुरुप सहयोग गर्ने हो भने अहिलेको यो समस्या टर्न सक्छ भन्ने हाम्रो बुझाइ हो । त्यसपछि सबै गरेर खान सक्ने भइन्छ, मुनलाइट्सका प्रोपाइटर प्रकाश भट्टराइले बताए ।
    उनिहरुले सो सामाग्री एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल र प्रबक्ता नन्द गुरुङ तथा एनएसडब्लुका सह सचिब तिर्थराज कार्कीलाई हस्तानतरण गरे । एनआरएनका प्रवक्ता नन्द गुरुङले सो सामाग्री भोलीदेखिनै समस्यामा परेका बिध्यार्थीहरुलाई राहतस्वरुप बाडिने जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij