Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतको उत्तरखण्डमा मार्च ३१ सम्म जनता कर्फ्यु जारी रहने


  • आइतबार, चैत्र ९ २०७६

  • भारतको उत्तरखण्डमा मार्च ३१ सम्म जनता कर्फ्यु जारी रहने

    उत्तराखण्ड – भारतमा आइतबार जारी भएको ‘जनता कर्फ्यु’ मार्च ३१ सम्म जारी रहने भएको छ । उत्तरखण्डका मुख्यमन्त्री त्रिभेन्द्र सिंह रावतले आइतबार भने, “विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भारसको संक्रमण तीव्ररुपमा बढिरहेकाले मार्च ३१ सम्म जनता कर्फ्यु जारी रहनेछ ।

    अत्यावश्यक उपभोग्य सामानहरु जस्तै खाना र औषधी भने राज्यभर उपलब्ध हुने बताइएको छ । “आज देशभर जनता कर्फ्यु लागु भएपछि हामीले यो जनता कर्फ्यु आजदेखि नै मार्च ३१ सम्म निरन्तरता दिने निर्णय गरेका हौं । यद्यपि अत्यावश्यक खाना र औषधी भने उपलब्ध हुनेछ,” रावतले भने ।

    यससँगै अन्तर-सहर र अन्तर-राज्य बस सेवा निलम्बन गरिनेछ । लकडाउन अवधिभर मानिसहरुलाई यात्रा नगर्न सुझाव दिइएको छ ।

    मार्च २२ सम्म कोरोना भाइरसबाट ३७० संक्रमित भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ । – एएनआई

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij