Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धारिलो हतियार प्रयोग गरी दम्पत्तिको हत्या


  • शुक्रबार, फाल्गुन १६ २०७६

  • धारिलो हतियार प्रयोग गरी दम्पत्तिको हत्या

    कञ्चनपुर-कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो ।
    इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलगअलग कोठामा फेला परेको छ । धनादेवीको शव भान्सा कोठामा र जयलालको शव सयन कक्षमा फेला परेको उहाँले बताउनुभयो । जयलालको घाँटीमा र धनाको टाउकोमा चोट लागेको छ ।
    शव शङ्कास्पद अवस्थामा फेला परेपछि प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ । शव परीक्षणका लागि महाकाली अस्पताल लगिएको छ । क्यान्सरका कारण पहिलो श्रीमतीको मृत्यु भएपछि धनादेवीसँग जयलालले दोस्रो विवाह गरेका थिए । उनीहरुको छ महिनाकी छोरी रहेकी छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij