Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युक्रेनमा चीनबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि आक्रमण


  • शुक्रबार, फाल्गुन ९ २०७६

  • युक्रेनमा चीनबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि  आक्रमण

    युक्रेन – कोरोना संक्रमित चीनको उहानबाट उद्धार गरी ल्याइएका मानिस सवार बसमाथि युक्रेनमा आक्रमण भएको छ । उद्धार गरेर ल्याइएका ४५ युक्रेनी र २७ देशका अन्य नागरिक चढेको बसमाथि सडकमा उत्रिएका प्रदर्शनकारीले आक्रमण गरेका हुन् ।

    बीबीसीका अनुसार, उद्धार गरिएकालाई नोभी सन्जारी हस्पिटलको क्वारेन्टाइनमा राख्न ६ वटा बसमा लगिँदै थियो । त्यही क्रममा सडकमा निस्किएका प्रदर्शनकारीहरूले ढुंगा र आगोको लप्काले आक्रमण गरेका हुन् ।

    उद्धार गरिएका कसैलाई पनि कोरोना संक्रमण नरहेको युक्रेनका स्वास्थ्यमन्त्रीले जनाएका छन् । यद्यपि, सहरका बासिन्दाहरू भाइरस फैलने भन्दै प्रदर्शनमा उत्रिएका छन् ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जनताहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् । साथै उनले हामी सबै मानव हौं भन्ने स्मरण गर्न पनि आग्रह गरेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij