काठमाडौं– पुष्पपराग साहित्य प्रतिष्ठानले “पुष्पपराग वर्ष सम्मान पुरस्कार -२०७६ “हुसेन खानलाई प्रदान गर्ने निर्णय गरेको छ। प्रतिष्ठानले आफ्नो वार्षिकोत्सवको अवसर पारेर दिँदै आएको उक्त सम्मान तथा पुरस्कार अागामी चैत ८ गते वार्षिक दिवसका दिन प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निराैलाले बताउनुभयाे ।
प्रतिष्ठानका संस्थापक सचीव तथा पुरस्कार छनौट समितिका संयोजक डा. प्रदीप मैनाली`स्वनाहम्´काे समितिले प्रस्ताव गरेका सर्जकहरुको नामावली कार्यसमितिको बैठकले पारित गरेपछि पुरस्कृत हुने ब्यक्तिहरूकाे टुङ्गाे लागेको हो। संस्थासंग भएका पुरस्कार रकम र पुरस्कृत तथा सम्मान हुने ब्यक्तिहरुको नामावली यस प्रकार रहेको छ। १ ) “पुष्पपराग वर्ष सम्मान पुरस्कार -२०७६” -हुसेन खान २) “निलगङ्गा भाषा साहित्य पुरस्कार -२०७६ ” -प्रा. गोपिकृष्ण शर्मा ३) “मुना स्मृति आख्यान पुरस्कार-२०७६” -सरस्वती प्रतीक्षा ४) “पद्मावती गित संगीत पुरस्कार -२०७६” -शिशिर योगी ५) शुक्र मन्दिर लोक साहित्य पुरस्कार -२०७६” -गणेश रसिक ६) “तिलकुमारी खड्का स्मृति पुरस्कार -२०७६” -पन्चकुमारी परियार ७) श्रीकृष्णलाल गोपिनी शिवाकोटी स्मृति पुरस्कार -२०७६” – राम कार्की यसका साथै बर्षभरि संस्थामा आएर रचना वाचन गर्ने मध्ये एकजना युवा सर्जकलाई सम्मान गर्दै आएकोमा यस बर्ष सम्मानित हुनेमा सर्जक राधा दुलाल कार्की पर्नु भएको छ।
साहित्य साधनमा निरन्तर लागी परेर नेपाली साहित्य आकाशलाई फराकिलो पार्नुहुने सर्जक एक जनालाई संस्थाले मानार्थ सदस्यता प्रदान गर्दै आएकोमा यस वर्ष वरिष्ठ कवि भुवनहरि सिग्देल छनौट हुनुभएको छ
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
