Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धादिङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु


  • शुक्रबार, फाल्गुन २ २०७६

  • धादिङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

    धादिङ – बेनीघाट रोराङ गाउँपालिका–५ चरौँदी पुल नजिकै शुक्रबार बिहान भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

    काठमाडौंतर्फ जाँदै गरेको बीआर०६जिडी ८६७१ नम्बरको भारतीय ट्रकले काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश ३–०२–०१४प ३९८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
    ट्रकको ठक्करबाट स्कुटर चालक सोलुखुम्बु जिल्ला मुक्ली नगरपालिका–१ का २२ वर्षीय प्रकाश बस्नेतको घटनास्थलमै मृत्यु भएको र स्कुटरमा पछाडि सवार एक घाइते भएका छन् । घाइते काभ्रेका सनिष थापालाई उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल भर्ना गरिएको छ । दुर्घटनालगत्तै भागेका ट्रक चालकलाई गजुरी प्रहरीले पक्राउ गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij