Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नवाजको दुइ दशकको यात्रा उपलब्धीमुलक


  • सोमबार, माघ २७ २०७६

  • नवाजको दुइ दशकको यात्रा उपलब्धीमुलक

    चिरनको नेतृत्वमा नया कार्यसमिती

    अस्ट्रेलियन भुमिमा बिस बर्षको लामो इतिहाँस बोकेको संस्था नेप्लीज अस्ट्रेलियन वेलफेयर सोसाइटी(नवाज)को आइतबार बसेको साधारणसभाले चिरन तिवारीको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । नेपाली समाजमा खेलुकद लगायतको विविध सामाजिक कार्य गर्दै आएको नवाजको नया कार्यसमितीको उपाध्यक्षमा टीएन अर्याल, उपाध्यक्ष तथा खेलकुद संयोजकमा बैकुण्ठ डंगोल र महासचिबमा मन्जित घिमिरे चुनिएका छन ।
    नया कार्यसमितीका अन्य पदाधिकारीहरुमा कोषाध्यक्षमा नविन सिंह, सहसचिबमा सागर पंगेनी,सह खेलुकद संयोजकमा सन्तोष कुमार शर्मा, आइटी संयोजकमा लक्ष्मण बेल्बासे,महिला संयोजकमा सुचित्रा आचार्य, सह संयोजकमा ज्योत्सना डंगोल, सदस्यता संयोजकमा ललित तामाङ,मिडिया संयोजकमा कृष्ण तिवारी र कार्यक्रम संयोजकमा समिर आचार्य रहेका छन ।
    यस्तै नवाजको कार्यसमितीका सदस्यहरुमा रितु अर्याल, पविता शर्मा,शर्मीला लुइटेल, शुसन घिमिरे, राजु गिरी, बिशाल पोखरेल,प्रदिप खनाल, प्रविण शर्मा,अनिल तामाङ र प्रतिक कार्की रहेका छन ।
    साधारणसभाले सन्जिव कुमार शर्मा,अरुण तामाङ र विनोद शर्मालाई संस्थाको संरक्षकमा मनोनित गरेको छ भने उमेश पन्त, बद्री अर्याल र राजु मानन्धर, मनऋषी धिताल र हेमन्त काफ्लेलाई सल्लाहकारमा मनोनित गरेको छ ।
    यस्तै संस्थाले आफ्नो बिस बर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रम गरेर बिस टिमको सहभागितामा भब्य नवाज कप फुटबल प्रतियोगिता आयोजना गर्ने संस्थाका नव निर्वाचित अध्यक्ष चिरन तिवारीले बताए । साधारणसभामा नवाजका संरक्षकहरु सन्जिव शर्मा, अरुण तामाङ,सल्लाहकार राजु मानन्धरले नव निर्वाचित पदाधिकारीहरुलाई बधाइ ज्ञापन गरेका थिए । संस्थाका महासचिब मन्जित घिमिरेले प्रवासमा बसेर परोपकारी कार्यमा हात बढाउदै दुइ दशकको यात्रा पार गरेको नवाजको इतिहाँंसलाई गर्बिलो बनाउन आफुहरु लागिपर्ने बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij