Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राना थारुलाई छुट्टै जातको मान्यता


  • बिहिबार, माघ २३ २०७६

  • राना थारुलाई छुट्टै जातको मान्यता

    काठमाडौं – सरकारले राना थारुलाई छुट्टै जातमा सूचीकरण गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
    राना थारु छुट्टै जातमा सूचीकृत भएपछि आदिवासी र जनजाति अन्तर्गतका जात वा समुदायको संख्या ६० पुगेको छ । आदिवासी र जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ ले ५९ जातलाई आदिवासी र जनजाति परिभाषित गरेको छ ।

    ऐन अनुसार आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदाय ‘आदिवासी रजनजाति’ हुन् ।
    संविधानमा थारु आयोग र आदिवासी जनजाती आयोग गठनको व्यवस्था गरिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij