Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चिनियाँ कोरोना भाइरस अमेरिकासम्म पुग्यो


  • बुधबार, माघ ८ २०७६

  • चिनियाँ कोरोना भाइरस अमेरिकासम्म पुग्यो

    एजेन्सी- संयुक्त राज्यले आफ्नो क्षेत्रमा कोरोना भाइरसको पहिलो संक्रमण देखिएको पुष्टि गरेको छ । सेन्टर्स फर डिजिज कन्ट्रोलले चीनबाट सिएटल फर्किएका एक अमेरिकी नागरिकमा उक्त रोगको संक्रमण देखिएको जानकारी दिएको छ । कोरोना भाइरस पहिलो पटक चीनमा देखिएको थियो ।

    चीनको युहान शहरबाट फैलिएको यो भाइसरले अहिलेसम्म तीन सय बढीलाई संक्रमित पारिसकेको छ भने ६ जनाको मृत्यु भइसकेको छ । एक टुर अपरेटका अनुसार उत्तर कोरियाले उक्त संक्रमणको जोखिमका कारण विदेशी पर्यटकका लागि आफ्नो सबै सीमा बन्द गरेको छ ।

    अमेरिकाका संक्रमित ती ३० वर्षे पुरुष जनवरी १५ तारिखमा युहानबाट फर्किएको जानकारीमा उल्लेख छ । ‘बिरामी भएपछि उनी वासिङ्टनमा उपचारका लागि आएका थिए,’ सेन्टर फर डिजिजले एक वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।

    ‘बिरामीले यात्रा गरेको स्थान र लक्षणलाई आधार मानेर स्वास्थ्य क्षेत्रका विज्ञले उनलाई कोरोना भाइरस लागेको हुनसक्ने अनुमान गरे ।’ परीक्षणपछि उनलाई कोरोना भाइरस नै लागेको २० जनवरीमा थाहा भएको बताइन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij