Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इरानमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु


  • बिहिबार, पुष २४ २०७६

  • इरानमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु

    इरान- इरानमा बिहीबार एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ। राजधानी तेहरानबाट पाँच सय किलोमिटर उत्तरपूर्वमा पर्ने गोनवाद सहर जान लागेको बस स्थानीय समयअनुसार बिहीबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा परी २४ यात्रु घाइते भएका छन्।

    अधिकारीहरूले ब्रेक फेल भएपछि बस दुर्घटनामा परेको बताएका छन्। अमेरिकासँगको तनाव चुलिएका बेला पछिल्ला तीन दिन इरानमा लगालग दुर्घटना भएका छन्।
    अमेरिकी हमलामा मारिएका सैनिक कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि र्‍यालीमा भागदौड हुँदा मंगलबार ५० बढीको मृत्यु भएको थियो।

    बुधबार तेहरानको इमाम खामेनी विमानस्थल नजिकै युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाज दुर्घटना हुँदा १७६ जनाले ज्यान गुमाएका थिए।

    सडक र पूर्वाधार राम्रा नभएकाले इरानमा सडक दुर्घटना भइरहन्छन्। युनिसेफका अनुसार इरानमा संसारका अरू देशको औसतको तुलना २० प्रतिशत ज्यादा सडक दुर्घटना हुन्छन्।

    स्थानीय सञ्चारमाध्यमहरूका अनुसार इरानमा वार्षिक २० हजार मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् भने ८ लाख जति घाइते हुन्छन्।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij