Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

तारकेश्वरमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु


  • शुक्रबार, पुष ११ २०७६

  • तारकेश्वरमा ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्ग रहेका छन् ।

    शुक्रबार काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    ट्रिपरले ‘क्लिन नेपाल’ नामक कम्पनीको फोहोर ढुवानी गर्दै आएको थियो । महानगरीय प्रहरी वृत बालाजुका प्रमुख रन्जित सिंह राठौरले ट्रिपर तीव्र गतिमा रहेको र सडकबाट ५० मिटर तल आलुबारीमा खसेको जानकारी दिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij