Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुनसरीमा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते


  • मंगलबार, पुष ८ २०७६

  • सुनसरीमा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

    सुनसरी- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताएका हुन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख.३५५३ नंको ट्रकलाई सोही दिशातर्फ जाँदै गरेको स१च ४९६ नंको एम्बुलेन्सले पछाडिबाट ठक्कर दिँदा एम्बुलेन्समा सवार विष्टको मृत्यु भएको थियो।

    ठक्करबाट एम्बुलेन्स चालकसहित चार घाइते भएका र घाइते भएकामध्ये तीनको विराटनगरस्थित नोबेल अस्पतालमा र एम्बुलेन्स चालकको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij