Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पाकिस्तानमा गम्भीर ऊर्जा संकट आउने संकेत


  • मंगलबार, पुष ८ २०७६

  • पाकिस्तानमा गम्भीर ऊर्जा संकट आउने संकेत

    एजेन्सी – पाकिस्तान ऊर्जा संकटको संकेत देखिएको छ। पाकिस्तानमा सबैभन्दा बढी उर्जा उत्पादन र खपतमा सहयोग गर्दै आएको कराँची पोर्ट (बन्दगाह) ट्रस्टको टर्मिनलले काम गर्न छाडेपछि त्यस्तो संकेत देखिएको हो । सो टर्मिनलमा तेल आयात गम्भीर रूपमा अवरूद्ध भएको छ।

    टर्मिनलमा यो स्थिति देखिएलगत्तै पाकिस्तानको तेल कम्पनी परामर्श परिषद (ओसीएसी) ले सरकारलाई केही दिनभित्रै मुलुकमा ऊर्जा संकट आउने चेतावनी दिएको छ । काउन्सिलले सरकारले यस सम्बन्धमा तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिएको छ ।

    यस्तो अवस्था देखिएलगत्तै काउन्सिलले सरकारलाई १० वटा पत्र पठाएको छ । जसमा कराची पोर्ट ट्रस्टको ट्रमिनललाई जतिसक्दो चाँडो मर्मत गर्न भनेको छ । यद्यपि यस मुद्दामा सरकारले अहिलेसम्म कुनै चासो नदिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    ओएससी पाकिस्तान रिफाइनरी कम्पनीहरूको एक महत्वपूर्ण निकाय पनि हो। उसले भनेको छ,‘सन् २०१८ मै काम स्थगित गर्न सुरु गरिएको कराची ट्रस्ट पोर्टको तटबन्ध डिसेम्बर १ देखि पूर्णरुपमा बन्द भएको छ ।’ कराची ट्रस्ट पोर्टको दोश्रो तटबन्धले मात्र काम गरिरहेको बताइएको छ र यसको अधिकतम क्षमता केवल ८० लाख मिलियन टन मात्र रहेको छ। पाकिस्तानको ६५ प्रतिशत पेट्रोलियम उत्पादन २०१८ र १९ मा कराँची पोर्टको तटबन्ध १ र २ बाट आयात गरिएको थियो। यहाँबाट प्रत्येक महिना २३ वटा तेल जहाजहरू आउजाउ गर्दथे ।

    कराची पोर्ट (बन्दगाह)मा दुईवटा तटबन्ध मात्र सञ्चालनमा छन्। यस्तो अवस्थामा तेल आपूर्ति कायम गर्न असम्भव भएको बताइएको छ। ओएसीले भनेको छ ‘हामी पहिले नै बन्दगाहमा यातायातसँग संघर्ष गर्दैछौं। ६ जहाजहरू बन्दरगाह बाहिर पर्खिरहेका छन्।’
    त्यसकारण पाकिस्तानमा आउने हप्ताहरुमा पेट्रोलियम उत्पादनको अभावको संकट हुने संकेत देखिएको बताइएको छ । यस्तो अवस्थामा उर्जा संकटबाट देश बचाउन धेरै गाह्रो हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij