Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

खोटाङमा आगलागी हुँदा ६३ लाख रुपैयाँ बराबरको क्षति


  • मंगलबार, पुष १ २०७६

  • खोटाङमा आगलागी हुँदा ६३ लाख रुपैयाँ बराबरको क्षति

    खोटाङ – खोटाङ जिल्लाका् खोटेहाङ गाउँपालिका–७ खोटाङबजारस्थित एक घरमा सोमबार राति आगलागी हुँदा करिब ६३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

    मनिकलाल प्रधानको घरमा रहेको इलेक्ट्रोनिक सामग्रीको पसलबाट आगलागी भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
    राति करिब साढे १ बजेको समयमा इलाका प्रहरी कार्यालय खोटाङको टोलीले आगलागी भएको थाहा पाएपछि स्थानीयबासीलाई समेत खबर गरेर आगो नियन्त्रणमा लिएको हो । करिब ३ घण्टापछि आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

    सो घरमा एकमात्र वृद्धा बस्दै आएको र उनलाई राति नै सकुशल उद्धार गरिएको प्रहरीको भनाइ छ ।

    टिनको छानो भएको तथा ढुङ्गा–माटोले बनेको उक्त तीन तले घर तथा घरभित्र रहेको सम्पूर्ण सामानहरु जलेर पुर्ण रुपमा नष्ट भएको बताइएको छ । घरका माथिल्लो तलामा करिब ३० लाख बराबरको धनमाल क्षति भएको छ भने सोही घरमा कोठा भाडामा लिएर पुस्तक पसल गर्दै आईरहेका घनश्याम फुयालको पुस्तक पसलमा रहेका स्टेशनरीका सम्पूर्ण सामान जलेर नष्ट हुँदा १५ लाख र सोही घरमा कोठा भाडामा लिई रमेश राईले सञ्चालन गर्दै आएको मोबाईल पसलमा १८ लाख बराबरका सामानहरु जलेर नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij