Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

महाकवि देवकोटाको निवासमा अब सङ्ग्रहालय बनाइने


  • सोमबार, मंसिर ३० २०७६

  • महाकवि देवकोटाको निवासमा अब सङ्ग्रहालय बनाइने

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणका लागि काठमाडौँ महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र उक्त कविकुञ्जले चर्चेको जग्गा आइतबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको छ।

    विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देवकोटा निवासलाई सङ्ग्रालय बनाउने घोषणा गरेका थिए। जग्गाप्राप्तिका कारण ढिलाइ सोको निर्माणमा ढिलाइ हुँदै आएको थियो। अब स्वामित्व हस्तान्तरण भएसँगै सङ्ग्रालय निर्माणले गरि पाउने अपेक्षा गरिएको छ।

    प्रज्ञाप्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः उक्त १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिए।

    हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोरा क्रमशः प्रा डा पद्मप्रसाद देवकोटा र डा दीपक देवकोटालाई मालपोत कार्यालय, चारखाल, डिल्लीबजारमा आज रु २ करोड ५० लाखको चेक हस्तान्तरण गरिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij