Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धनुषा बमकाण्ड छानबिन गर्न १२ सदस्यीय समिति गठन


  • सोमबार, मंसिर ३० २०७६

  • धनुषा बमकाण्ड छानबिन गर्न १२ सदस्यीय समिति गठन

    धनुषा- प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान जाने गरी शनिबार धनुषामा भएको बम बिस्फोटनको छानबिन गर्न १२ सदस्यीय समिति गठन गरिएको छ।

    प्रदेश नम्बर-२ प्रहरीले घटनाको अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीको नेतृत्वमा समिति गठन गरेको प्रदेश-२ का प्रहरी नायब महानिरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए।

    कार्कीका अनुसार समितिमा प्रदेश २ को विशेष ब्युरो, बम बिस्फोटसम्बन्धी विज्ञ, अपराध अनुसन्धान दख्खल राख्ने अधिकृत संलग्न छन्। ‘टोलीले आजबाटै घटनास्थल पुगेर अनुसन्धान थालेको छ,’ कार्कीले भने।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij