Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

रंगेहात पक्राउ परेपछि पचास हजारको अफर !


  • शुक्रबार, मंसिर ६ २०७६

  • रंगेहात पक्राउ परेपछि पचास हजारको अफर !

    काठमाडौं– रेष्टुरेन्टमा युवती राखेर अनैतिक क्रियाकलाप गराउने गरेको सूचना पाएपछि महानगरिय प्रहरी बृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका ५ बसुन्धरास्थित आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसमा छापा मार्यो । प्रहरी पुग्ने वित्तिकै डिउटीमा खटिएको प्रहरीलाई नगद ५० हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    टोखा नगरपालिका ५ बसुन्धरास्थित आगमन फुडल्याण्ड एण्ड गेष्ट हाउसकी संचालक उदयपुर गाईघाट नगरपालिका ५ घर भएकी ४० वर्षीया सोम माया राई समेत ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
    बारा सिमरा स्थायी घर भएका पुस्कर रायमाझीको बसुन्धरामा रहेको उक्त घर सेनाका बहालवाला मेजरले भाडामा लिएर अनैतिक क्रियाकलाप गराउने राईलाई उपलब्ध गराएका हुन ।
    स्थानीयका अनुसार उक्त गेष्ट हाउसमा लामो समयदेखी खुलेआम अनैतिक क्रियाकलाप हुने गरेको थियो । महानगरिय प्रहरी बृत्त महाराजगञ्जकै प्रहरीहरु समेत उक्त स्थानमा बस्नेखाने गर्दथे । स्थानीयका अनुसार प्रहरीसंग लेनदेनमा कुरा नमिलेपछि प्रहरीले छापा मारेको हुन सक्छ । सञ्चालिका राईले प्रहरीलाई छापा मार्नेक्रममै ५० हजार घुस दिने प्रयास गरेकी थिइन ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij