Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेट फुटेको र घाउ लागेको अवस्थामा चितुवाको डमरु मृत फेला


  • सोमबार, मंसिर २ २०७६

  • पेट फुटेको र घाउ लागेको अवस्थामा चितुवाको डमरु मृत फेला

    चितवन- जिल्लाको व्यास नगरपालिका–७ मा चितुवाको डमरु मृतावस्थामा फेला परेको छ । व्यास नगरपालिका–७ स्थित लोककल्याण सामुदायिक वनमा आज बिहान चितुवाको डमरु मृतावस्थामा फेला परेको हो ।
    अन्दाजी २ वर्ष र १० किलो रहेको उक्त चितुवाको डमरुलाई डिभिजन वन कार्यालयको प्राङ्गणभित्र खाडल खनेर पुरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिए ।
    पेट फुटेको र घाउ चोट लागेको अवस्थामा फेला परेको डमरुको मृत्युको कारणबारे खुल्न नसकेको बरालले बताए । “भाले चितुवाकै आक्रमणबाट डमरुको मृत्यु भएको हुन सक्छ,” बरालले भने ।
    जिल्लामा विगत केही वर्षदेखि चितुवाको आतङ्क छ । भानु नगरपालिकामा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको छ भने चारजना बालबालिका घाइते भएका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij