साउदी अरब- पर्यटक बोकेको बस ट्रलीसँग ठोक्किँदा ३५ जनाको मृत्यु भएको छ। बुधबार साउदीको चर्चित मुस्लिम मस्जिद मदिना नजिकै सो दुर्घटना हुँदा ३५ पर्यटकको मृत्यु भएको हो भने ४ जना घाइते भएका छन्।
दुर्घटनामा अरब र एसियाका तीर्थयात्रीहरु रहेको द गार्डियनले जनाएको छ। बस र ट्रली एक आपसमा ठोक्किँदा बस पड्किएर आगलागी समेत भएको थियो।
घाइतेको अलहाम्ना अस्पतालमा उपचार भइरहेको मदिना प्रहरीले जनाएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
