Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१३ हजार घुस रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ


  • बिहिबार, असोज ३० २०७६

  • १३ हजार घुस रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ

    काठमाडौं–महोत्तरीमा घुससहित एक प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन् । सीमाक्षेत्रमा पर्ने कठुधार प्रहरीचौकीका इन्चार्ज बृजेश कुमार चौधरीलाई १३ हजार घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

    भारतीय बजारबाट ल्याएको सामान सीमाक्षेत्रमा पास गराइदिने भन्दै व्यापरीसँग १३ हजार रुपैँया घुस मागेको उजुरीको आधारमा बर्दिबासस्थित आयोगबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

    चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग आयोगको बर्दिबास कार्यालयले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij