Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आईसीसीद्धारा यूएईका क्रिकेट कप्तानसहित तीन खेलाडीलाई प्रतिबन्ध


  • बिहिबार, असोज ३० २०७६

  • आईसीसीद्धारा यूएईका क्रिकेट कप्तानसहित तीन खेलाडीलाई प्रतिबन्ध

    काठमाडौं – यूएईका कप्तानसहित तीन क्रिकेट खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रतिबन्धमा परेका छन् ।
    टी २० विश्वकप छनोटको मुखैमा आईसीसीले म्याच फिक्सिङको आरोपमा कप्तान मोहमद नाभिद, शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको हो । आईसीसीले प्रेस विज्ञप्ति निकाल्दै तत्काल लागु हुने गरी कप्तान नाभिदसहित तीन खेलाडीलाई प्रतिबन्धमा पारेको हो ।
    २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकपको लागि यूएईमा यही शुक्रबारदेखि छनोट प्रतियोगिता सुरु हुँदैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij