Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सशस्त्र प्रहरी बलद्वारा निशान तथा मौलो पूजा सम्पन्न


  • सोमबार, असोज २० २०७६

  • सशस्त्र प्रहरी बलद्वारा निशान तथा मौलो पूजा सम्पन्न

    काठमाडौं–बडादशैंको अवसरमा सशस्त्र प्रहरीले हल्चोकमा निशान तथा मौलो पूजा गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गरेको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।
    बिहान ७ बजेर ११ मिनेटको पुजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा खनालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाए ।
    सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरीको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरीले बडादशैंको अवसरमा महानवमीको दिन हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ । त्यसअवसरमा खनालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij