Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दशैँ मनाउन राजधानीबाट १२ लाख बाहिरिए


  • बुधबार, असोज १५ २०७६

  • दशैँ मनाउन राजधानीबाट १२ लाख बाहिरिए

    काठमाडौं – दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु राजधानीबाट बाहिरिएका छन् । त्यस्तै सात लाख ६९ हजार यात्रु राजधानी भित्रिएका छन् ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु भित्रिनेक्रम भने विस्तारै घट्दो क्रममा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा एक लाख ३७ हजार सवारी बाहिरिएको र एक लाख १७ हजार भित्रिएको छ ।

    अहिलेसम्म दशैँका लागि एक लाख २७ हजार ३०६ यात्रुले अग्रिम टिकट बुकिङ गरेको प्रमुख ढकालले जानकारी दिए । प्रहरीले यही असोज पहिलो सातादेखि चाडबाड केन्द्रित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको थियो । सोही योजनाअनुसार राजधानीमा ३०० बढी स्थानमा सवारी जाँच हुँदै आएको र एक हजार बढी ट्राफिक प्रहरी खटाइएको छ ।

    विभिन्न क्षेत्रमा मापसेविरुद्ध कडाइका साथ जाँच भइरहेको महाशाखाका प्रवक्ता रविराज पौडेलले बताउनुभयो । राजधानी भित्रिने नाका र व्यापारिक केन्द्रमा विशेष निगरानी बढाइएको प्रहरीले जनाएको छ । नागढुङ्गा क्षेत्रमा गाडीको जामलाई मध्यनजर गरी प्रहरी निरीक्षककै नेतृत्वमा ट्राफिक व्यस्थापन मिलाइएको पौडेलले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij