काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दशनायके भैरहवा ग्लाडियटर्सको प्रशिक्षकको भूमिकामा नेपाल आउने भएका छन् ।
पुबुदु एभरेष्ट प्रिमियर लिगमा टिम भैरहवा ग्लाडियटर्सको मुख्य प्रशिक्षक भएर नेपाल आउने लागेका हुन् ।
हालै अमेरिकाको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदुले पुन नेपाल आउने निर्णय गरेका हुन् ।
पुबुदु नेपालले सन् २०१४ मा टि – ट्वान्टी विश्वकप खेल्दा टिमको मुख्य प्रशिक्षक रहेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
