Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एनआरएनको युवा संयोजकमा स्वतन्त्र प्रतापको बलियो दाबेदारी


  • मंगलबार, भाद्र १७ २०७६

  • एनआरएनको युवा संयोजकमा स्वतन्त्र प्रतापको बलियो दाबेदारी

    गैर आवासीय नेपाली संघ (एनआरएनए ) को आगामी अक्टोबर १५ तारिख देखि काठमाडौमा हुने महाधिबेशनमा अस्ट्रेलियाा युवा व्यबशायी स्वतन्त्र प्रताप शाह युवा संयोजक पदमा उमेदबारी दिने तयारीमा जुटेका छन् । युवा ब्यबसायी शाहले अष्ट्रेलियामा कन्सल्टेन्सी र रेस्टुरेन्ट व्यबशाय सन्चालन गर्दै आएका छन । गैर आवाशीय नेपाली संघको स्थापनाकाल देखिनै राष्ट्रिय समन्वय परिषद अस्ट्रेलियाको विभिन्न तहमा रही काम गर्दै आएका जुझारु व्यक्तित्व शाहले आफ्नो उम्मेद्वारी घोषणा गर्नुपुर्व केहि प्रतिबद्धता हरु समेत जाहेर गरेका छन् ।उनले दोहोरो नागरिकताको लागि पहल र नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्नु आफ्नो मूल एजेन्डा रहने बताए । “नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्राउने भनि यसअघि नै घोषणा गरिसकेको अवस्थामा हामीले नेपालमा रहेका प्राकृतिक र सांस्कृतिक सुन्दरताको परिचय स्थापीत गर्दै विदेशमा बिशष अभियान चलाएर सरकारको कार्यक्रम सफल पार्न लागि पर्ने आफ्नो उद्देस्य रहेको छ “। यसका अलावा शाहले नेपाली कला, संस्कृतिलाई विश्वमा रहेका दोस्रो पुस्ता माँझ विभिन्न कार्यक्रम मार्फत पुर्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।’ भाषा रहेन भने हाम्रो भेष पनि रहँंदैन त्यसैले प्रवासमा मुलुक चिनाउन पहिलो महत्वपुर्ण माध्यम भनेको भाषा नै हो । एनआरएनले प्रवासमा दोस्रो पुस्तामा नेपाली भाषाको परिचय स्थापीत गर्ने काम गर्नु पर्दछ भन्ने मेरो लक्ष्य रहेको छ ।
    ’शाहले नेपालबाट हरेक वर्ष हजारौँ विद्यार्थी पुग्ने अष्ट्रेलियामा नेपाली खानाको प्रचारप्रसार गर्ने उदेश्यले अष्ट्रेलियामा नेपाली शैलीको र मुलुकको पहिचान बढाउने रेस्टुरेन्ट समेत खोलेका छन। शाह एनआरएन अष्ट्रेलियाको उपाध्यक्ष पदमा रही काम गरिसकेका छन । गत वर्ष काठमाडौंमा सम्पन्न आठौं सम्मेलनमा पनि शाह थोरै मतले मात्र युवा संयोजकमा पदमा पराजित भएका थिए । यस पटक उनको संभावना निकै बलियो रहेको छ । आकर्षक ब्यक्तीत्वका धनी शाह चलचत्रिमा अभिनयमा समेतअब्बल साबित भइसकेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij