Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सप्तरीमा फेला पर्यो दुर्लभ अजिङ्गर


  • शुक्रबार, भाद्र १३ २०७६

  • सप्तरीमा फेला पर्यो दुर्लभ अजिङ्गर

    सप्तरी- सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा एक दुर्लभ अजिङ्गर फेला परेको छ। खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो, १० किलो तौल भएको अजिङ्गर फेला पारेका हुन्।
    फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए। उक्त अजिङ्गर रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए।
    वन कार्यालयले पनि कोशीटप्पु वन्यजन्तु आरक्षलाई उक्त अजिङ्गर बुझाउने जनाइएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij