गोरखा – गोरखाको मनकामना मन्दिर जाने केवुलकारको भाडा बढेको छ । मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएको हो ।
यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ रहेकोमा बढाएर ६ सय ७५ रुपैयाँ पुर्याइएको छ ।
एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ पुर्याइएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।
केवलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिकामा र माथिल्लो स्टेशन गोरखाको शहीद लखन थापा गाउँपालिकामा छ । कम्पनीले दुबै स्थानीय तहलाई प्रति टिकट एक प्रतिशत कर तिर्नुपर्ने भएकाले मूल्य बढाएको बताएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
