Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दीक्षितको निधनले महासंघ स्तब्ध


  • बिहिबार, साउन ३० २०७६

  • दीक्षितको निधनले महासंघ स्तब्ध

    काठमाडौं – वरिष्ठ पत्रकार एवव् साहित्यकार मदनमणिे ९७ वर्षको उमेरमा आज दुःखद निधन भएको खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको महासचिव रमेश विष्टद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
    विसं १९७९ साल फागुन ६ गते काठमाडौँको गैरीधारामा जन्मनु भएका दीक्षितले नेपाली पत्रकारिता र साहित्यको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउनु भएको थियो ।
    उहाँले लामो समय समिक्षा साप्ताहिक लगायतका पत्रिका सम्पादन गर्नुभएको थियो । विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखनमा समेत सक्रिय दीक्षितका ४६ वटा पुस्तक प्रकाशित छन् । उहाँले मदन पुरस्कार, साझा पुरस्कार लगायत दर्जनौ पुरस्कार र सम्मान प्राप्त गर्नुभएको थियो । उहाँको निधनले नेपाली संचार क्षेत्रले एक अनुभवी र अग्रज पत्रकार गुमाएको छ भने नेपाली साहित्य क्षेत्रले एउटा मूर्धन्य साहित्य सेवि गुमाएको छ ।
    विज्ञप्तीमा भनिएको छ –नेपाल पत्रकार महासंघ वरिष्ठ पत्रकार दीक्षितको योगदानप्रति उच्च कदर र सम्मान प्रकट गर्दै उहाँको दुःखद निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । उहाँको निधनवाट शोक सन्तप्त परिवारजन र शुभेच्छुकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij