Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन


  • बिहिबार, साउन ३० २०७६

  • वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन

    काठमाडौं – वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन भएको छ ।
    कालिकास्थानस्थित घरमै बिहीबार बिहान चार बजेतिर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
    यसअघि निमोनियाका कारण सुमेरु अस्पतालमा भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो । ९७ वर्षको उमेरमा पनि उनी लेखपढ गर्न सक्ने अवस्थामा थिए ।
    आजै उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
    मदनमणि दीक्षितको जन्म बाबु लक्ष्मणमणि आचार्य दीक्षित र आमा विष्णुकुमारीका सुपुत्रका रूपमा गैरीधारा, काठमाडौंमा विसं १९७९ फागुन ६ गतेका दिन भएको थियो । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथालेखन आदिमा चर्चित रहे । माधवी ग्रन्थका लागि उनलाई २०३९ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij