काठमाडौं- शहीद गङ्गालाल हृदय केन्द्र बाँसबारीको निमित्त निर्देशक पदको जिम्मेवारी डा.युवराज लिम्बूलाई दिइएको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज मन्त्रिस्तरीय निर्णय गर्दै डा लिम्बूलाई सो जिम्मेवारी दिएका हुन् ।
केन्द्रका निर्देशक प्राडा.ज्योतिन्द्र शर्माको चारवर्षे कार्यकाल शनिबारदेखि समाप्त भएको थियो । अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि डा लिम्बूलाई निमित्त निर्देशक पदको जिम्मेवारी दिइएको उपप्रधानमन्त्री यादवको सचिवालयले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
