Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रत्येक नेपालीलाई ३९,३१६ रुपैयाँ ऋण


  • सोमबार, साउन २७ २०७६

  • प्रत्येक नेपालीलाई ३९,३१६ रुपैयाँ ऋण

    नेपालीको प्रतिव्यक्ति ऋण ३९ हजार तीन सय १६ पुगेको छ । गत आर्थिक वर्ष सरकारको ऋण थपिएका कारण प्रतिव्यक्ति ऋण पनि बढेको हो ।
    गत आव प्रत्येक नेपालीलाई ४ हजार ७ सय २४ रुपैयाँ ऋण थपिएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा सरकारको ऋण १३.६५ प्रतिशतले बढेको छ ।
    अहिले सरकारको ऋण १० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । केन्द्रिय तथ्याङ्क विभागले सन् २०११ को जनगणनालाई आधार मान्दा प्रतिव्यक्ति ऋण ३९ हजार ३१६ रुपैयाँ हुन्छ । यो समाचार अन्नपूर्ण दैनिकमा पवन तिमिल्सिनाले लेखेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij