Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चितवनमा लुगा सुकाउने क्रममा इनारमा खसेर एक महिलाको मृत्यु


  • शुक्रबार, साउन २४ २०७६

  • चितवनमा लुगा सुकाउने क्रममा इनारमा खसेर एक महिलाको मृत्यु

    चितवन -चितवनको भरतपुरमा लुगा सुकाउने क्रममा एक महिलाको इनारमा खसेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका-९ आदर्शचोकमा शुक्रबार बिहान इनारको ढकनीमा चढेर कपडा सुकाउँदै गरेकी इन्द्रकला भूसालको इनारमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
    नवलपुरको गैँडाकोट घर भइ माइतीमा आएकी ४० वषर्षीया इन्द्रकला भुसाल चढेको इनारको ढकनी एक्कासी भाँचिएर तल खसेकी थिइन् । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पतालमा राखिएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij