Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारत–पाकिस्तान तनाव : द्विदेशीय रेल सेवा बन्द


  • शुक्रबार, साउन २४ २०७६

  • भारत–पाकिस्तान तनाव : द्विदेशीय रेल सेवा बन्द

    जम्मु–कश्मीरको विशेष अधिकार खारेजीको निर्णयपछि देखिएको भारत–पाकिस्तान सम्बन्ध थप चर्केको छ । भारतको उक्त कदमको विरोधमा पाकिस्तानले विहीबार लाहोर–नयँदिल्ली रेल सेवा बन्द गरिदिएको छ ।
    पाकिस्तानका रेलमन्त्री शेख रसिदले पत्रकार सम्मेलन गर्दै ‘सम्झौता एक्सप्रेस’ बन्द गर्ने निर्णय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सम्झौता एक्सप्रेस १९७६ को जुलाई २२ देखि सुरु भएको थियो ।
    भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोबीच सिमलामा भएको वार्तापछि दुई देशबीच सम्बन्ध सुधार्ने उद्देश्यले नयाँदिल्लीबाट अटारी हुँदै लाहोरसम्म रेल सेवा सुरु गरिएको थियो ।
    यो समाचार कान्तिपुर दैनिकमा सुरेशराज न्यौपानेले लेखेका छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij