काठमाडौं – सरकारले मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अग्रसरतामा स्थापना हुन लागेको सुविधासम्पन्न बाल अस्पतालका लागि वुढानीलकण्ठमा ४१ रोपनी जग्गा दिएको छ ।
‘काठमाडौं चाइल्ड हेल्थ हस्पिटल’का लागि सरकारले बुढानीलकण्ठ–७ मा ४१ रोपनी जग्गा भाडामा दिने निर्णय गरेको हो । यो अपस्ताल १०० शैय्याको हुनेछ भने सात वटै प्रदेशमा ५० शैय्याको बाल अस्पताल बनाउन सरकारले स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।
इन्स्टिच्युटले अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ भन्दा बढी रकम जुटाइसकेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
