Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एक्सपर्ट फाउन्डेसन र सहयोगी हातहरु


  • शुक्रबार, असार २७ २०७६

  • एक्सपर्ट फाउन्डेसन र सहयोगी हातहरु

    एक्सपर्ट एजुकेशन एन्ड माइग्रेशन सर्भिसेजले सामाजिक कार्यका लागि नाफारहित गैर सरकारी संस्था एक्सपर्ट फाउण्डेशन स्थापना गरेर सो संस्थामार्फत देशभरनै सहयोगी हातहरु अगाडि बढाइरहेको छ । अस्ट्रेलियाको सीड्नी र नेपालका बिभिन्न स्थानमा रहेर शैक्षिक परामर्श मार्फत सेवा प्रदान गरिरहेको एक्सपर्टले सेवा गरेवापत पाएको मेवालाई समाजसेवामा पनि लगाउनु पर्छ भन्ने मान्यताका साथ फाउन्डेसनको सोच बनाएको हो । फाउन्डेसनको स्थापनापछि एकसपर्टले  विराटनगरस्थित पाथीभरा बृद्धाश्रमलाई एघार लाख रुपैया नगद सहयोग प्रदान गरेर आफ्नो मन फराकिलो रहेको स्पष्ट पारेको थियो । यस्तै सिन्धुपाल्चोकको सेलांग माविमा भुकम्पले क्षति पुरयाएको विद्यालय भवन पुननिर्माणका लागि १० लाख रुपैया नगद सहयोग प्रदान गरेर एक्सपर्टले समाजिक दायित्वको बोध झल्काएको थियो । त्यती मात्र नभइ नुवाकोटका भुकम्पपीडितका लागि स्थानीय प्रशासनसंगको समन्वयमा ७ लाख रुपैया प्रदान गरेर राहत सामाग्री समेत बितरण गर्दै फाउन्डेशनको महत्य र यसको योगदानप्रती सबैको सदभाव बटुलेको थियो ।
    त्यसपछि फाउन्डेसनले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैया नगद सहयोग गर्नुका साथै पुर्व मिस नेपाल अश्मी श्रेष्ठको ब्युटी विथ पर्पस प्रोजेक्ट (क्लास रुम एण्ड बियोण्ड,गोरखा) का लागि एक लाख सहयोग प्रदान गरेको थियो । यसले साहित्य, कला संस्कृतीको जर्गेनादेखि सन्चारक्षेत्रको प्रभावकारी भुमिकामा समेत आफ्नो भुमिका देखाएको छ । जसमा पत्रकार महासंघ पोखरालाई सवा लाख बराबरको कुर्सी र बिरगन्ज महानगरपालीकाका लागि लाइब्रेरी निमार्णमा सहयोग गरेको थियो ।
    हाम्रो उहेस्य भनेको हामी एक्सपर्ट परिबार र यसका सहयोगी मनहरुद्धारा जम्मा गरिएको रकमलाई समाजिक दायित्वका रुपमा मुलुकका विविध क्षेत्रमा सहयोग गर्नु हो, एक्सपर्टका निर्देशक सन्जिव शर्माले बताए । कुनैपनि ब्यवशाय गर्दैजाँंदा र संस्थागत बिकासहुदै गर्दा त्यसको मसाजिक पक्ष र दायित्व भुल्नु हुदैन भन्ने हाम्रो सोचको उपज हो एक्सपर्ट फाउन्डेशन शर्माले यसको स्थापनाको उद्देस्य बारे बताए ।
    एक्सपर्टले सहयोग मात्र नभइ रचनात्मक र बिकासको भुमिकामा पनि आफुलाई सहयोगीका रुपमा हरेक क्षेत्रमा उभ्याएको छ । जस्तो बिध्यार्थीको बौद्धीक क्षमता अभिबृद्धीका लागि हाजिरि जवाफ,बक्तृत्वकला होस सर्वोकृष्ट अंक ल्याउने बिध्यार्थीलाई हौसला अभिबृद्धीमा पनि यसले आफुलाई अगाडि बढाउदै आएको छ । एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजले खेलकुद मार्फत मुलुक चिनाउने अभियानलाई पनि समाजिक उत्तरदायित्वका रुपमा अगाडि बढाउदै क्रिकेट र अन्य खेलकुदमा पनि महत्वपुर्ण सहयोगी भुमिकामा आफुलाई प्रस्तुत गरेको छ । नेपालका बिभिन्न जिल्लामा भइरहेका स्कुल तथा कलेजस्तरीय लिग क्रिकेटमा प्रयोजकको भुमिकामा निर्वाह गर्दै यसले क्रिकेटको आधारभुत बिकासमा टेवा पुरयाएको छ भने प्रीमियर लिग क्रिकेटमा समेत धनगढी ब्लुजको स्वामित्व लिएर एक्सपर्टले आफुलाई खेलुकदमा प्रत्यक्ष रुपमा समाहित गरेको थियो । नेपालका राष्ट्रिय क्रिके टोलीका कप्तान पारस खड्कालाई बसदभावना राजदुत बनाएर एकसपर्टले नेपाली क्रिकेट खेलाडीहरुलाई अन्तराष्ट्रिय अनुभव बटुल्ने मौका दिएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, राष्ट्रिय टोलीका सदस्य तथा एक्सपर्ट धनगढी ब्लुज टिमका कप्तान दीपेन्द्रसिंह ऐरी र अण्डर नाइण्टिन क्रिकेट टिमका पुर्व सदस्य सुवास प्रधानलाई अष्ट्रेलियाको सिड्नी, मेलवर्न, ब्रिसवेन र एडिलेडको भ्रमण गराएर विदेशमा नेपाली क्रिकेटको प्रचार प्रसार तथा प्रवद्र्धनमा योगदान पुरयाएको थियो ।
    हामीले ब्यवशाय गर्दैगर्दा भुल्नु नुहने पक्ष भनेको सामाजिक दायित्व पनि हो ,त्यसैले अस्ट्रेलियामा हुने विबिध कार्यक्रममा एक्सपर्टले सहयोगीको भुमिकामा आफुलाई उभ्याउदै आएको छ , एक्सपर्टका अर्का निर्देशक बद्री अर्यालले सुनाए । नेपाली कला ,संस्कृती र रंगमन्चको उत्थान र बिकासमा सहयोग गर्नु भनेको हाम्रो दायित्व अनि कर्तब्य पनि हो । नेपालीपन र नेपालीमनको बजोड संगमका रुपमा रहेका एक्सपर्ट फाउन्डेसनले अझै थप सहयोगी भुमिकामा अगाडि बढाउने हाम्रो सोच रहेको छ, निर्देशक अर्यालले सुनाए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij