Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

साझा यातायातले थाल्यो रात्रिकालीन सेवा


  • मंगलबार, असार २४ २०७६

  • साझा यातायातले थाल्यो रात्रिकालीन सेवा

    काठमाडौं-साझा यातायातले रात्रिकालीन सेवा सुरु गरेको छ । पहिलो चरणमा साझाका तीनवटा बसले राति १० बजेसम्म सेवा दिन थालेका हुन् । कलंकी–कालिमाटी हुँदै लगनखेल, नयाँ बसपार्कबाट लगनखेल र एयरपोर्ट चाबहिल नयाँ बसपार्कको रुटमा साझाले रात्रिकालीन सेवा दिइरहेको छ ।

    गत बुधबारदेखि रात्रिकालीन सेवा सुरु भएको साझा यातायातका कार्यकारी सञ्चालक भूषण तुलाधरले जानकारी दिए । ‘यसअघि साझा राति ९ बजेसम्म सञ्चालन भइरहेका थिए ।

    अहिले तीनवटा बस थप गरी एक घन्टा ढिलोसम्म सञ्चालन गर्न थालेका छौँ,’ उनले भने, ‘यो ट्रायलका रूपमा सञ्चालन गरेका हौँ । केही समयपछि अन्य बसले पनि १० बजेसम्म सेवा दिनेछन् ।’ साझा यातायातसँग हाल ७१ वटा बस छन् । तीमध्ये चारवटा बस भने लामो दूरीमा सञ्चालन हुन्छन् । बाँकी बस काठमाडौं उपत्यकामा सञ्चालित छन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij