काठमाडौं– पन्ध्र हजार घुससहित पक्राउ परेका इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीका प्रहरी निरीक्षक केशव बहादुर बस्नेतविरुद्ध मुद्दा दायर भएको छ ।
बस्नेत नदीजन्य पदार्थ ढुवानी गर्ने सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेका थिए ।
बस्नेतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकाले बिगो १५ हजार कायम गरी सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
