पर्वत – महाशीला गाउँपालिका–५ लुंखुदेउरालीमा साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
लुंखुदेउरालीदेखि वडा नं ३ बालाकोटतर्फ जाँदै गरेको ग १ च ७१२८ नम्बरको जीप देउराली बजार नजिकै दुर्घटना हुँदा बालाकोटका अन्दाजी ५० वर्षीय कृष्ण गुरुङ र सनाखत नभएका एक अर्का व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते चार जनामध्ये दुईलाई थप उपचारका लागि पोखरा पठाइएको छ भने दुईको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
