कपिलवस्तु– कपिलवस्तुको शिवनगरमा रहेको सुरई खोलामा पौडी खेल्नेक्रममा डुबेर ३ युवाको मृत्यु भएको छ ।
शिवराज नगरपालिकाको सुरई खेलामा पौडी खेल्न गएका छिमेकी बिजयनगर गाउँपालिका वडा नम्वर ६ का ३ युवाको आज दिउँसो डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।
मृत्यु हुनेमा कपिलबस्तुको विजयनगर गाउँपालिका वडा ६ का १८ बर्षका आशिक भट्टराई, सोही स्थानका १७ बर्षिय निरन्जन भुषाल र १७ बर्षिय सुमित सुनार रहेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
