काठमाडौं – आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका कीर्तिमान राईको बिहीबार मृत्यु भएको छ ।
ताप्लेजुङ हाङपाङका-२ का ६० वर्षीय राईले बिहीबार विहान कोटेश्वर-कलंकी सडकखण्डको ग्वार्काेमा रहेको आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका थिए ।
राईको उपचारका क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी बृत्त सातदोबाटोले जानकारी दिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
