Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

शुक्रबारको राशिफल


  • शुक्रबार, जेष्ठ ३ २०७६

  • शुक्रबारको राशिफल

    आज २०७६ जेठ ३ गते शुक्रबार
    मेष
    मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । वैदेशिक कार्यमा सफलता । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

    बृष
    जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवारिक कलह । मिथुन

    मिथुन
    खर्च बढ्नुका साथै विभिन्न जोखिम आइलाग्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । निर्णयमा अडिक रहनुस् ।

    कर्कट
    अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा चुनौती । पारिवारिक कलहको सम्भावना छ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ ।

    सिंह
    साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । राम्रो सहयात्रीको मिलन हुने सम्भावना छ । स्वास्थ्यमा समस्या आउँन सक्छ । अचल सम्पत्ति हात पर्ला ।

    कन्या
    कर्मसिद्धिको योग छ । कर्मप्राप्तिका लागि गरिएका प्रयास सफल हुनेछन् । मनमा शान्ति मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ । स्वास्थ्यमा गगबढी ।

    तुला
    रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । बोलीको प्रभाव पनि बढ्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

    बृश्चिक
    सुनचाँदी जस्ता धातुको कारोवारबाट लाभ मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । आज तपाईका लागि रमाइलो दिन छ ।

    धनु
    अभिभावकको आशीर्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ ।

    मकर
    अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति । राजनैतिक कार्यमा बाधा आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।

    कुम्भ
    केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला । केटा तथा केटी साथीबाटा टाढा रहनुहोला । मनमा चिन्ता । धार्मिक यात्राबाट आनन्दी ।

    मीन
    जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij