Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बेलायतमा गैर आवासीय नेपाली नागरिकता र गोर्खा सैनिकको बहस कार्यक्रम हुने


  • मंगलबार, बैशाख २४ २०७६

  • बेलायतमा गैर आवासीय नेपाली नागरिकता र गोर्खा सैनिकको बहस  कार्यक्रम हुने

    लन्डन – संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकताको विषयलाई प्रमुख मुद्दा बनाएर एनआरएनका शीर्ष नेतृत्वले बेलायतमा बहस गर्ने भएका छन्। गैर आवासी नेपाली संघका पदाधिकारीदेखि मुख्य–मुख्य अभियन्ताको सहभागीतामा बेलायतमा नागरिकताको बहस हुन लागेको हो।

    २४ न्युज प्रेस डटकमले आफ्नो वार्षिकोत्सवको अवसरमा आगामी जेठ ११ गते एनआरएनएसँग मिलेर यस्तो बहसको आयोजना गरेको हो। कार्यक्रममा एनआरएन नागरिकताको सवाल, राष्ट्र विकासमा एनआरएनको आर्थिक लगानी, नेपाली कला, संस्कृति र सभ्यताको नयाँ पुस्तामा हस्तान्तरण, गोर्खाको गौरव र चुनौतीलगायतका एजेन्डामा बहस हुने आयोजकले जनाएको छ ।

    ‘गैर आवासिय नागरिकतादेखि नेपालको हितमा हुने सवै बिषयलाई समेटिने छ, नागरिकता र गोर्खा सैनिकको बिषय मुख्य रहेका छन,’ सो संस्थाका प्रुमख पत्रकार बिनय अधिकारीले राष्ट्रपुकार डटकमलाई बताउनु भयो  । अधिकारी एनआरएनए बेलायतका उपमहासचिवसमेत हुनुहुन्छ । अधिकारीका अनुसार बहसमा एनआरएनएका नेता र राजदूतको सहभागीता रहनेछ।

    बहसमा पत्रकार महासंघ, नेपाल प्रेस युनियन र एपीवान टेलीभिजनका पत्रकार सहभागी हुने अधिकारीले जानकारी दिनुभयो । दुई चरणमा सम्पन्न हुने कार्यक्रममा पहिलो चरणमा बहस र दोस्रो चरणमा प्रोत्साहन कार्यक्रम रहेको अधिकारीको भनाई छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij