Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनकपुरमा ३ जनालाई नियन्त्रणमा लिएर ६ लाख लुटियो


  • आइतबार, बैशाख २२ २०७६

  • जनकपुरमा ३ जनालाई नियन्त्रणमा लिएर ६ लाख लुटियो

    जनकपुर– महोत्तरीको जलेश्वरमा एक लुटेरा समुहले ६ लाख रुपैयाँ लुटपाट गरि फरार भएको छ । जलेश्वर नगरपालिका वडा नम्बर १० सारीगाउँमा आईतबार लुटेराहरुको एक समूहले लुटपाट गरेको हो । मास्कले मुक छोपेका लुटेराहरुले स्थानीय नविन ठाकुरको घरबाट ६ लाखभन्दा बढीको धनमाल लुटेको छ।
    ७ जनाको समूहमा आएका लुटेराले सुनचाँदीका गरगहना र नगद लुटेर लगेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार ठाकुरको एकतले घरमा रहेको झ्यालको रड तोडेर घरभित्र प्रवेश गरी लुटेराहरुले सुतिरहेका ३ जनालाई नियन्त्रणमा लिएर लुटपाट गरेको थियो ।

    ठाकुरको घरबाट सुनचाँदीका गरगहना र नगद गरी ५ लाख ६९ हजार बराबरको धनमाल लुटेर लगेको जिप्रका महोत्तरीले जनाएको छ । यता प्रहरीले लुटेराहरुको खोजी भइरहेको जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij