Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भारतमा माओवादी आक्रमणबाट १६ सुरक्षाकर्मीको मृत्यु


  • बुधबार, बैशाख १८ २०७६

  • भारतमा माओवादी आक्रमणबाट १६ सुरक्षाकर्मीको मृत्यु


    एजेन्सी – भारतको महाराष्ट्र प्रान्तस्थित गढचिरौलीमा माओवादी आक्रमणबाट १६ जना सुरक्षाकर्मी मारिएका छन्।

    महाराष्ट्र प्रहरीको सी- ६० कमाण्डो रहेको गाडीलाई निसाना बनाएर नक्सल माओवादीले आक्रमण गरेको भारतीय सञ्चारमाध्यामहरूले जनाएका छन्। माओवादी गुरिल्लाको रणनीतिसँग भिड्नका लागि महाराष्ट्र प्रहरीले स्थानीय जनजातिका मानिसहरूसहितको एक विशेष दल बनाएको थियो।

    गढचिरौलीको कुरखेडा तालुका निरै घटना भएको बीबीसी हिन्दीले जनाएको छ। गढचिरौली जिल्ला नक्सल माओवादीको प्रभावक्षेत्र मानिन्छ।  

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij